क्यान्सरबाट पीडित चर्चित बलिउड कलाकार किरण खेर अस्पताल भर्ना — OSNepal

क्यान्सरबाट पीडित चर्चित बलिउड कलाकार किरण खेर अस्पताल भर्ना

LC (KTM) May 27, 2021 0

काठमाडौं-बलिउडकी सफल कलाकार किरण खेर अस्पताल भर्ना भएकी छन् । मायलोमा नामक रोगबाट ग्रसित उनी बिहीबार बिहान मुम्बईको कोकिलाबेन अम्बानी अस्पताल भर्ना भएकी छन् । मायलोमा क प्रकारको ब्लड क्यान्सर हो । पछिल्लो समय क्यान्सरसँग लड्दै आएकी खेरको बिहीबार नै बोन म्यारो सर्जरी गरिएको छ ।

करिब तीन घन्टा चलेको सर्जरीमा उनको बोन म्यारोको क्यान्सरसम्बन्धी बोन निकाल्ने कोशिश भएको थियो ।तबर्षको नोभेम्बरमा उनलाई ब्लड क्यान्सर भएको पत्ता लागेको थियो ।

‘गतबर्षको नोभेम्बर ११ तारिखमा किरणको हात घरमै भाच्चिएको थियो । सोही समयमा उनीलाई मल्टिपल मायलोमा नामक रोग रहेको पत्ता लागेको थियो । उनको दायाँ हातदेखि बायाँ हातसम्म यो रोग फैलिएको छ । त्यसपछि उनलाई ४ डिसेम्बरमा उनलाई मुम्बई ल्याइएको थियो । किरण चन्डीगढबाट भारतीय जनता पार्टीकी सांसद समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर