सुगमको 'कसरी भनूँ' मा सदिक्षा र अनुराज — OSNepal

सुगमको ‘कसरी भनूँ’ मा सदिक्षा र अनुराज

LC (KTM) May 27, 2021 0

काठमाडौँ । गायक सुगम पोखरेलका ‘मायाको बाटो’, ‘भनेकै हुँ मैले’, ‘सयौं जन्म’ जस्ता चर्चित गीतको भिडियो निर्देशन गरेका सुरज शाहsf] निर्देशनमा गायक सुगम पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ। ‘कसरी भनूँ तिमीलाई’ बोलको यस गीतमा शब्द-संगीत रिकेश गुरुङको छ। गीतको संगीत संयोजन र मिक्सिङ पनि रिकेशले नै गरेका छन्।

सदिक्षा र अनुराजले अभिनय गरेको भिडिओको सम्पादन पनि सुरजले नै गरेका हुन्। यो मेलोडियस गीतको भिडिओमा गायक सुगम पोखरेल र भिडिओ निर्देशक सुरज पनि देखिन्छन्।
दर्जनौं म्युजिक भिडिओ निर्देशन गरेका सुरज उदेश श्रेष्ठको ‘किन मायामा’, रीजा उप्रेतीको ‘अँगालोमा बाँध न’, सिजन्स ब्यान्डको ‘सुनेको कुरा’ जस्ता गीत चर्चित छन्। करिब आठ वर्षदेखि अमेरिका बस्दै आएका सुरजले बिस्तारै पुन: म्युजिक भिडियो निर्देशनमा सक्रियता बढाउने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर