कोरोना संक्रमितहरुका लागि बलिउड अभिनेत्री प्रियंका चोपडाले उठाईन् यति धेरै रकम — OSNepal

कोरोना संक्रमितहरुका लागि बलिउड अभिनेत्री प्रियंका चोपडाले उठाईन् यति धेरै रकम

LC (KTM) May 27, 2021 0

भारतमा अत्यन्तै तिब्र रुपमा कोरोनाको संक्रमण फैलिए पछि सरकार नै नियन्त्रण तथा रोकथाम गर्न असफल भएको छ । यो अवस्थामा बलिउडकर्मीहरुले पनि सरकारलाई ठुलै साथ दिदै आईरहेका छन् ।

अभिनेता सोनू सूद, सलमान खान, अजय देवगन, अक्षयकुमार, अमिताभ बच्चन, प्रियंका चोपडा लगायतका कलाकारले मन खोलेर सहयोग गरिरहेका छन् । बलिउडकी सुन्दर नायिका प्रियंका चोपडाले मात्र करिब ८ करोड भारु उठाएकी छिन्।

उनी र उनको पतिको नामबाट खोलीएको प्रियंका चोपरा जोनस फाउन्डेसनले सुरु गरेको ‘फन्ड रेजिङ’ अभियानमा ८ करोड ११ लाख भारु उठेको छ। फाउन्डेसनले उठेको सो रकम बाट अक्सिजन आपूर्ति र खोप खरीद गर्ने कार्य भईरहेको जनाएको छ ।

प्रियंकाले स्यंम आफ्नो को ट्वीटर अकाउन्टमा दिएको जानकारी अनुसार ५ सय थान अक्सिजन कन्सेन्ट्रेटर, ४ सय २२ अक्सिजन सिलिण्डर खरिद गरिएको छ भने खोप शिविर सञ्चालनबाट ६ हजारभन्दा बढी लाभान्वित भएका छन्।

उनले अभियानमा जोडिने सबैलाई धन्यबाद दिएकी छिन् । त्यस्तै यसकार्यले आफुलाई थप उत्साही बनाएको प्रतिक्रिया दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर