कोरोनाबाट मृ त्यु भएका परिवारलाई किरिया खर्च बापत् ५० हजार — OSNepal

कोरोनाबाट मृ त्यु भएका परिवारलाई किरिया खर्च बापत् ५० हजार

LC (KTM) May 27, 2021 0

दुल्लु, १३ जेठ – कोरोनाबाट मृ त्यु भएका परिवारलाई किरिया खर्च बापत् प्रति परिवार ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । महाबु गाउँपालिकाले आफ्नो पालिकामा बसोबास गर्ने नागरिकको कोरोनाकारण ज्यान गएमा प्रतीपरिवार ५० हजारदिने निर्णय गरेकामा गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले मृ तकको घरमै पुगेर आज चेक दुई हस्तान्तरण गर्नुभएको हो ।गाउँपालिकाकाको वडा नं. २ मा निर्वाचित सदस्य इन्द्रबहादुर सुनार र स्थानीय जस्मा शाहीको कोरोनाबाट मृत्यु भएको थियो ।

सङ्क्रमितका लागि रक्तदान: – कोभिड १९ बाट सङ्क्रमितका लागि यहाँस्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएपछि गरिएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । बिहीबार नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा विपद व्यवस्थापन सहयोगी समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४८ पुरुष र ५ महिला गरि ५३ जनाले रक्तदान गरेको समितिका अध्यक्ष शिव गिरीले बताउनुभयो ।

जिल्लाको कावासोतीमा रहेको रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात सकिएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष गिरीले बताउनुभयो । नेपाल रेडक्रस कावासोती उपशाखाद्वारा सञ्चालन गरिएको रक्तसञ्चार केन्द्रमा अहिले रगतको अभाव रहेको रेडक्रम उपशाखाका सभापति वेदप्रसाद न्यौपानेले बताउनुभयो । विपन्नलाई खाद्यान्न सहयोग:- आपतकालीन सहयोगी युवा सञ्जाल कावासोतीले विपन्न घर परिवारलाई खाद्यान्न सहयोग गरेको छ । नगरपालिकाका¬१३ भित्रका विभिन्न टोलमा रहेका ३३ घर विपन्न घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको सञ्जालका सदस्य जनक माकिम मगरले बताउनुभयो (रासस)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर