महेश बस्नेतको टिप्पणी : रावलले म अध्यक्ष नभई छोड्दिनँ भन्नु ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ भने जस्तो हो — OSNepal

महेश बस्नेतको टिप्पणी : रावलले म अध्यक्ष नभई छोड्दिनँ भन्नु ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ भने जस्तो हो

LC (KTM) November 29, 2021 0

चितवन १३ मंसिर । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको नेतृत्व सर्वसम्मत चयन गरिने भनेपछि भीम रावलले उपाध्यक्ष पदमा रहन अस्विकार गरेपछि नेतृत्व चयनमा असहज भएको बताएका छन् ।

रावललाई उपाध्यक्षमा पदमा बस्न आग्रह गर्दा त्यसलाई अस्विकार गरी अध्यक्षमा पदमा उम्मेदवारी दिएका नेतृत्व चयनमा असहज भएको देखिएको छ ।

तर रावलले भने आफुले धेरै तयारी गरिसकेकोले ब्याक हुन नकिने बताएको जानकारी दिँदै नेता बस्नेतले भनेका छन्, ‘उहाँले आफूलाई उपाध्यक्षका रुपमा नेतृत्व र सिंगो कार्यकर्ता पंक्तिले दिएको जिम्मेवारीलाई स्वीकार गरेर यो आन्दोलनमा लागेको भए उहाँको कम्युनिस्ट आन्दोलनप्रतिको विगतको जुन योगदान छ, त्यसलाई अझै पनि नेकपा एमालेले चाहेको थियो । त्यो कुरामा उहाँको एकखालको बहकाउ अयो, त्यो किन आयो हामीले बुझ्न सकेका छैनौं ।’

म अध्यक्ष नभई छोड्दिनँ भन्नु ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ भनेजस्तो भएको टिप्पणी गरेका बस्नेतले रावल र घनश्याम भुसालको कारण चुनावमा जान परेको बताएका छन् ।

रावल र भुसाल पार्टीको १० औं महाधिवेशनको अपवाह भएको र यत्रो सर्वसम्मतिको प्रक्रियामा एक दुई वटा बियाँ देखिएको छ भन्दै उनले भनेका छन्, ‘मनसुली चामल किने पनि बासमती किने पनि एक दुई वटा बियाँ देखिन्छ त्यो बियाँ हामी केलाएर मिलाएर जान्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर