कोरोना सङ्क्रमित पत्रकार भण्डारीको उपचारका लागि सात लाख सङ्कलन — OSNepal

कोरोना सङ्क्रमित पत्रकार भण्डारीको उपचारका लागि सात लाख सङ्कलन

LC (KTM) May 27, 2021 0

पाँचथर, १३ जेठ – कोरोना सङ्क्रमित भई उपचाररत नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको सहयोगार्थ हालसम्म रु. सात लाख भन्दाबढी सहयोग रकम सङ्कलन भएको छ ।भण्डारीको उपचार सहयोगार्थ नेपाल प्रेस युनियन पाँचथरले सञ्चालन गरेको अभियानमा मात्रै रु. चार लाख २९ हजार ७९२ सङ्कलन भएको छ । युनियन पाँचथरका अध्यक्ष जीतेन्द्र भण्डारीका अनुसार युनियनको बैङ्क खाता मात्रै उक्त रकम सङ्कलन भएको हो ।

उपाध्यक्ष भण्डारीको उपचार सहयोगार्थ हिलिहाङ गाउँपालिकाले रु. एक लाख रकम प्रदान गर्ने निर्णय गरेको छ भने नेपाल पत्रकार महासङ्घ झापा शाखाबाट रु. ७५ हजार पाँच सय, कञ्चनजंघा एकेडेमी माध्यमिक विद्यालय फिदिमबाट रु. ५० हजार, कञ्चनजङ्घा बचत तथा ऋण सहकारी संस्था फिदिमबाट रु. ३२ हजार, भण्डारी समाज अमरपुरबाट रु. ३४ हजार, प्रेस चौतारी नेपाल पाँचथरबाट रु. १० हजार, नौलो साहित्यिक बिहान समाजबाट रु. पाँच हजार रकम समेत भण्डारीका आफन्तको खातामा जम्मा भएको छ ।भण्डारीलाई सङ्क्रमणपछि श्वासप्रश्वासमा समस्या देखिएको छ । उहाँको झापाको विर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा भेण्टिलेटरमा राखी दुई सातादेखि उपचार भइरहेको महासङ्घ पाँचथर जिल्ला शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिनुभयो ।(रासस) :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर