काठमाडौंको जिल्ला सभापतिमा दोस्रो पटक सबुज बानियाँ विजयी — OSNepal

काठमाडौंको जिल्ला सभापतिमा दोस्रो पटक सबुज बानियाँ विजयी

LC (KTM) November 29, 2021 0

काठमाडौं १३ मंसिर । नेपाली कांग्रेसको जिल्ला सभापतिमा सबुज बानियाँ १९५७ मत ल्याई बिजयी भएका छन् । बानियाँले आफ्ना प्रतिस्पर्धी उपेन्द्र कार्कीलाई ६८ मतले हाउँदै काठमाडौं जिल्ला सभापतिमा दोस्रो पटक विजयी भएका हुन् ।

कार्कीले १०८९ मत ल्याएका थिए । बानियाँको प्यानल सहित विजयी भएको छ । बानियाँको समुहबाट उम्मेदवारी दिएका काठमाडौं जिल्ला उपसभापतिमा गोकर्ण केसी र राजकुमारी नकर्मी ,सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी तथा सहसचिवमा प्रा।डा। अमिता प्रधान र रोमलाल श्रेष्ठ पुरै प्यानल विजयी भएका हुन् ।

बानियाँलाई प्रकाशमान सिंह र गगन थापा समुहको समर्थन रहेको थियो । कार्कीलाई शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको समर्थन रहेका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर