एमाले अध्यक्षमा केपी ओलीले दर्ता गरे उम्मेदवारी — OSNepal

एमाले अध्यक्षमा केपी ओलीले दर्ता गरे उम्मेदवारी

LC (KTM) November 29, 2021 0

काठमाडौं, १३ मंसिर – नेकपा (एमाले)को अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन प्रकिया सुरु भएलगत्तै आज बिहान ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

ओलीलाई विष्णु प्रसाद पौडेलल प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् । यसअघि अध्यक्ष पदका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गराएका थिए । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर