मोरङमा कोरोना सङ्क्रमबाट आज एकैदिन १० जनाको मृ त्यु — OSNepal

मोरङमा कोरोना सङ्क्रमबाट आज एकैदिन १० जनाको मृ त्यु

LC (KTM) May 27, 2021 0

मोरङ,१३ जेठ- जिल्लामा कोरोना सङ्क्रमबाट आज एकैदिन १० जनाको निधन भएको छ । विभिन्न चार अस्पतालमा छ पुरुष सहित चार महिलाको उपचारका क्रममा मृ त्यु भएको हो । मृत्यु हुनेमा नोबेल शिक्षण अस्पतालमा पाँच, कोशी अस्पताल कोभिड उपचार युनिटमा दुई, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक र विराट शिक्षण अस्पताल वुढीगंगामा दुई जना रहेका छन् ।

वितरणमुखी र पूर्ण बजेट नल्याउन आग्रह:- राष्ट्रिय योजना आयोगका नौ पूर्व उपाध्यक्षले प्रतिनिधिसभा विघटन भएको अवस्थामा जेठ १५ गते नै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बाध्यता नभएको दावी गर्नुभएको छ । आज उहाँहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै पूर्ण एवम् वितरणमुखी बजेट नल्याउन आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको भन्दै उहाँहरूले अत्यधिक सार्वजनकि ऋण लिने, राजश्वका दरमा परिवर्तन गर्ने काम समेत नगर्न अनुरोध गर्नुभएको छ । यसरी अनुरोध गर्नेहरूमा आयोगका पूर्व उपाध्यक्षहरू पृथ्वीराज लिगल, डा जगदीशचन्द्र पोखरेल, डा शङ्कर शर्मा, डा पीताम्बर शर्मा, डा दिनेशचन्द्र देवकोटा, दीपेन्द्रबहादुर क्षेत्री, डा गोविन्दराज पोखरेल, डा मीनबहादुर श्रेष्ठ र डा स्वर्णीम वाग्ले हुनुहुन्छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर