कांग्रेस महाधिवेशनमा विदेशी नागरिकतामाथि कडाई — OSNepal

कांग्रेस महाधिवेशनमा विदेशी नागरिकतामाथि कडाई

LC (KTM) November 29, 2021 0

लण्डन, १३ मंसिर – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन जाने गैरआवासीय नेपालीमाथि पार्टीको निर्वाचन समितिले विदेशी नागरिकता लिएकाको हकमा कडाई गरेको छ ।

पार्टीको निर्वाचन समितिको पत्र अनुसार विदेशी नागरिकता वा पासपोर्ट भएका व्यक्ति नेपाली जनसम्पर्क समितिको सभापति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुन पाउने छैनन् ।

नेपालमा प्रतिनिधि भएर भोट हाल्न जाँदा नेपाली पासपोर्टमा यात्रा गरेको प्रमाण पेश गर्नु पर्ने निर्देशन जारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर