दाङमा कोराना सङ्क्रमित भन्दा निको हुनेको सङ्ख्या धेरै — OSNepal

दाङमा कोराना सङ्क्रमित भन्दा निको हुनेको सङ्ख्या धेरै

LC (KTM) May 27, 2021 0

दाङ- दाङमा आज कोराना सङ्क्रमित सङ्ख्याभन्दा मुक्त हुनेको सङ्ख्या बढेको छ । पछिल्लो २४ घण्टामा दुई सय ३३ जनाले कोरोनालाई जितेका छन् । जिल्लामा थप ३८ जनामा सङ्क्रमण देखिएको आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।सङ्क्रमण मुक्त हुनेमा घोराहीका एक सय ३०, तुलसीपुरका ७१, लमहीका १५, दंगिशरणका पाँच, राप्ती र शान्तिनगर चार, चार जना, बबईका तीन र बंगलाचुलीका एक जना रहेका छन् ।

वैशाख यता जिल्लामा अहिलेसम्म पाँच हजार चार सय ४३ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै आज थप ३८ जनामा कोरोना पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा १०० जनाको परीक्षण गर्दा १७ महिला र २१ पुरुषमा कोरोना पुष्टि भएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रले जनाएको छ । जिल्लामा अहिले एक हजार एक सय ३९ सक्रिय सङ्क्रमित रहेका छन् भने नौ सय ९३ घरमा, एक सय ३१ सामान्य र १५ जना आइसीयुमा रहेको जानकारी दिएको छ । यहाँ वैशाखदेखि यता कोरोना सङ्क्रमणबाट एक सय ६४ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर