कोरोनाको खोप लगाउन पुगेको टोली देखेर भारतको एक गाउँका सबै डरले यसरी हामफाले नदी भित्र — OSNepal

कोरोनाको खोप लगाउन पुगेको टोली देखेर भारतको एक गाउँका सबै डरले यसरी हामफाले नदी भित्र

LC (KTM) May 27, 2021 0

भारत सरकारले उत्तर प्रदेशमा कोरोनाको खोप लगाउने कार्यलाई तिब्रता दिईरहेका बेला अनेकौ चुनौती र अफ्ठ्याराहरु अगाडि आएका छन् । ग्रामीण क्षेत्रमा खोप लाई लिएर अनेक आशंका सिर्जना भएको छ ।

राज्य सरकारले जुन १ देखि सबै जिल्लाका १८ बर्ष देखी ४४ बर्ष सम्मका लाई खोप अनिबार्य गरेको छ । अहिले जम्मा २३ जिल्लामा ४५ बर्ष माथिका लागि मात्र खोप लगाउने कार्य सुरु भईरहेको छ ।

यो उमेर समुहकाहरु भने खोप लगाउन जागरुक नदेखिएको बताइएको छ । औरेयामा केही दिन देखी खोपका लागि स्वास्थ्य बिभागको टोली माथि नै जाईलागेका छन् भने केही टोलीलाई देखेर भागेका थिए ।

मे २२ को दिन कोरोनाको खोप लगाउन स्वास्थ्य बिभागको टोली रामनगरको सिसौंडा गाउँ पुगेको थियो । उक्त टोलीलाई देखेर गाउँका सबै जना नदीमा छलांग मार्न पुगेका थिए ।

राजीब शुक्लाका अनुसार नदी किनारमा रहेका उनीहरु स्वास्थ्य बिभागको टोलीलाई देखेर नदी भित्र पसेका थिए । धेरै संझाएपछि उनीहरु नदी बाहिर आएर खोप लगाउन राजी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर