बलिउडका नायक सञ्जय लाई युएईको गोल्डेन भिजा, युएई संग यस कारण निकट छन् सञ्जय — OSNepal

बलिउडका नायक सञ्जय लाई युएईको गोल्डेन भिजा, युएई संग यस कारण निकट छन् सञ्जय

LC (KTM) May 27, 2021 0

युएईले बिशिष्ट ब्यक्तिलाई मात्र गोल्डेन भिषा दिने गरेको छ । सन् २०२० देखी दिन सुरु गरिएको यो भिषा कुनै क्षेत्रमा निक्कै दख्खल हाँिसल गरेका विशेष गरेर बैज्ञानिक, पीएचडी होल्डर, डाक्टर, इन्जिनियर्स, लगायतलाई दिने गरिन्छ ।

यस भिषाको अवधि १० बर्ष को रहने गर्दछ । यहि भिषा अन्ततः बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले प्राप्त गरेका छन् । उनी बलिउड फिल्म उद्योगबाट यो भिषा प्राप्त गर्ने पहिलो अभिनेता बनेका छन् । यस्को जानकारी स्यंम सञ्जय दत्तले सामाजिक सञ्जालबाट दिएका छन् ।

उनले यो भिषा के को आधारमा प्राप्त गरे त्यो भने खुलाएका छैनन् । तर जे होस् उनी बलिउडकै पहिलो स्टार बने जस्ले गोल्डेन भिषा प्राप्त गर्न सफल भयो । उनले आफुलाई यो गोल्डेन भिषा दिएकोमा युएईको सरकारलाई धन्यबाद दिएका छन् ।

बाहिरी चर्चा अनुसार युएइका युवराज संग सञ्जयको राम्रै दोस्ति भएकोले यो भिषा पाएका हुन सक्छन् । केही दिन अघि मात्र युएईका युवराजको जुम्ल्याहा सन्तान भएकोमा सबैभन्दा पहिलो सञ्जयले बधाई तथा धन्यबाद दिएका थिए ।

त्यस्तै उनलाई सलमान खानले पनि बधाई दिएका थिए । यस कुराले पनि थप पुष्टि गर्छ कि युएइ सरकार संग बलिउडका यी दुई हस्तीको राम्रै सम्बन्ध रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर