काठमाडौं ११ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब चाँडै पार्टीको नेतृत्व नयाँ पुस्तामा जाने संकेत गरेका छन् ।
पार्टीको १० औं महाधिवेशनको बन्द शत्रलाई सम्बोधन गर्दै ओलीले आफु धेरै पटक अप्रेशन गरी बाचेको भन्दै आफ्नो जीवनको कुनै टुंगो नभएको भन्दै यस्तो संकेत गरेका हुन् ।
‘म कति बाँच्छु थाहा छैन,’धेरैपल्ट जीर्ण स्वास्थ्यबाट, धेरै अप्रेसनहरुबाट गुज्रिएर आएको हुँ, कति बाँचिन्छ भन्न सकिन्नँ ओलीले भने ।
मेरो जीन्दगी धेरैपल्ट मरेर बाँचेर आएको, त्यति साह्रो भर नहुन सक्छ भनेका ओलीले एमालेभित्र नयाँ पुस्ताबाट लोकतन्त्र सुरक्षित रहेको बताएका छन् ।