कसैको लहड र सनकको भरमा संसद विघटन हुँदैन :अधिवक्ता भट्टराई — OSNepal

कसैको लहड र सनकको भरमा संसद विघटन हुँदैन :अधिवक्ता भट्टराई

LC (KTM) May 27, 2021 0

काठमाडौँ १३ जेठ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले कसैको लहड र सनकको भरमा प्रतिनिधिसभा विघटन नहुने बताएका छन् । आज सभामुख अग्निप्रसाद सापकोटासँग भएको छलफलमा अधिवक्ता भट्टराईले आफ्नो मुलुकमा लिखित संविधान भएकाले जो कोही पनि संविधान बाहिर जान नमिल्ने बताउँदै यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘हामीसँग लिखित संविधान छ, यसका दायरा बाहिर प्रधानमन्त्री गए पनि सभामुखले जान मिल्दैन। संविधानले दिएको कर्तव्य निर्वाह गर्दिनँ भन्न पनि हुँदैन’ उनले भने । सर्वोच्चले ‘पुस ५’ गते गरिएको प्रतिनिधिसभा विघटनपछि फागुन ११ गते गरेको फैसला अनुसार कसैको लहड र सनकको भरमा प्रतिनिधिसभा विघटन हुन नसक्ने भट्टराईको तर्क रहेको छ ।

उनले भने, ‘सर्वोच्चले फागुन ११ गते पनि प्रतिनिधिसभा जिउँदै छ भनेको थियो। धारा ८५ मा पनि व्याख्या गरिएको छ।’.संविधानको धारा ६६ अनुसार प्रधानमन्त्रीबाहेक अरुलाई पनि संसद बोलाउने अधिकार छ। धारा १०३ को उपधारा २ ले यस संविधानको अधिनमा रही संघीय सदनको प्रत्येक सदनलाई आफ्नो काम कारबाही गर्ने अधिकार दिएकोले सभामुखले संसद बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्नुपर्नेमा अधिवक्ता भट्टराइले जोड दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर