गोरखाको बारपाकमा कोरोना संक्रमण दर अनियनिन्त्रत रुपमा बढेपछि स्थानिय त्रसित — OSNepal

गोरखाको बारपाकमा कोरोना संक्रमण दर अनियनिन्त्रत रुपमा बढेपछि स्थानिय त्रसित

LC (KTM) May 27, 2021 0

गोरखा- गोरखाको बारपाकमा कोरोना संक्रमण दर अनियनिन्त्रत रुपमा बढेको छ । तर गाउँमा कोरोना संक्रमण दर तीब्र गतिमा बढिरहँदा स्थानीयबासीले परीक्षण गर्न मानेका छैनन् । एकै गाउँमा दुई दिनमै छजनासहित दुई सातामा १२ जनाको मृत्यु भएको छ ।मृतक सबैमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताइएको छ ।

बारपाकको अवस्था गाउँपालिका एक्लैले थेग्न नसक्ने रहे पछि तत्काल प्रदेश र संघीय सरकारले चिकित्सक सहितको टोली पठाउनु पर्ने बताइएको छ । बिरामीलाई घरघरमा गएर जाँच गर्ने, उपचार गर्ने, औषधि वितरण गर्ने काम यथाशीघ्र गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताए ।’गाउँपालिकासँग भएको जनशक्ति र क्षमताले त्यहाँको भयावह अवस्था धान्न नसक्ने बताउँदै उनले सचेतनाका कार्यक्रमसहित जानुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर