काठमाण्डु ११ मंसिर– नेकपा एमालेका उपमाहासचिव घनश्याम भूसालले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् ।
चितवनमा जारी १०औँ महाधिवेशनमा शनिवार उनले सामाजिक सञ्जाल मार्फत उम्मेदवारीको घोषणा गरेका हुन् ।
दलाल पुँजीवादको अन्त्य र राष्ट्रिय पुँजीको विकास गदैं समाजवादको तयारी गरौं भन्दै नेता भुसालले उपाध्यक्षमा पदमा उम्मेदावारीको घोषणा गरेका हुन् ।