लमजुङ, ११ मंसिर- नेपाली कांग्रेसकाे आसन्न १४औँ महाधिवेशन प्रतिनिधिमा पराजित भएका शंकरकान्त जोशीले पुनः मतगणना गर्न माग गरेका छन् ।
मनगणनामा धाँधली भएको भन्दै उनले निर्वाचन अधिकृतसमक्ष पुनः मनगणनाको लागि निवेदन दिएका हुन् । कांग्रेस लमजुङका पूर्वसभापति रहेका जाेशीले महाधिवेशन प्रतिनिधिमा ५४८ मत मात्र पाएका थिए।
जाेशीले पुनः मतगणनाका लागि निवेदन दिए पनि पुनः मतगणना नगर्ने निर्णय भएको कांग्रेस निर्वाचन अधिकृत थानेश्वर दवाडीले बताए ।