राती अबेर बसेको एमाले केन्द्रिय कमिटीमा बिभिन्न प्रस्ताव पेश, भागबण्डा मिलाउन केन्द्रीय कमिटी ३०१ बनाईने — OSNepal

राती अबेर बसेको एमाले केन्द्रिय कमिटीमा बिभिन्न प्रस्ताव पेश, भागबण्डा मिलाउन केन्द्रीय कमिटी ३०१ बनाईने

LC (KTM) November 26, 2021 0

नेकपा एमालेको १० औ महाधिबेशनको उद्घाटन पछि केन्द्रिय कमिटीको बैठक बसेको छ । आज अबेर राती बसेको बैठकमा बिभिन्न प्रस्तावहरु पेश भएका छन् । बैठमा केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाउने प्रस्ताव पेस भएको छ।

एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकमा महासचिव ईश्वर पोखरेलले यस्तो प्रस्ताव पेस गरेका हुन्। एमालेको विधान महाधिवेशनले भने केन्द्रीय कमिटी २२५ सदस्यीय मात्र बनाउने तय गरेको थियो । २२५ ले भागबण्डा समाधान नहुने भएपछि आकारलाई बढाइएको हो ।

२२५ सदस्यीय पार्टी सदस्यहरु मात्र राख्दा पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्न नसकिने भएपछि संख्या बढाउने भएको उनले बताए ।पोखरेलले ९९ सदस्यीस पोलिटब्यूरो गठन गर्ने प्रस्ताव समेत बैठकमा पेस गरेका छन्। यस्तै, स्थायी समिति ४५ सदस्यीय हुने भएको छ। पदाधिकारी संख्यासमेत थप गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर