सहयोगी मन भएकी अभिनेत्री मनिषा कोइराला , महामारीका बेला गरिन ४ वटा भेण्टिलेटर मेसीन — OSNepal

सहयोगी मन भएकी अभिनेत्री मनिषा कोइराला , महामारीका बेला गरिन ४ वटा भेण्टिलेटर मेसीन

LC (KTM) May 27, 2021 0

नेपालमा समेत कोरोना संक्रमणका कारण अक्सिजन, बेड नपाएर धेरै जनाको निधन भईरहेका बेला सरकार निरिह जस्तै देखिएको छ । यो बेला एकले अर्कालाई सकेको सहयोग गर्नु नितान्त आवश्यक भईसकेको छ ।

यो महामारीको बेला नेपाली सिनेजगतका केही सेलिब्रटीहरुले आफुले सकेको सहयोग गरिरहेका छन् । बलिउडमा एकताका धुम मच्चाएकी नेपालकी चेली अभिनेत्री मनीषा कोइरालाले पनि आफ्नो सहयोगको हातहरु बढाएकी छिन् ।

उनले कोरोना भाइरस संक्रमितको उपचारको भेन्टिलेटर मेशिन सहयोग गरेकी छन्। नायिका कोइरालाले वीरगञ्जको नारायणी अस्पताललाई ४ ओटा भेन्टिलेटर सहयोग गरेर आफ्नो समाजसेवाको भावनालाई देखाएकी समेत छिन् ।

प्रदेश नम्बर २ को सबैभन्दा बढि कोरोना प्रभावित जिल्ला मध्ये बिरगञ्ज पनि एक हो । नारायणी अस्पतालमा दैनिक कोरोना संक्रमितहरुको भीड बढे संगै उपचारमा समस्या भईरहेका बेला नायिका कोईरालाले भेन्टिलेटर मेशिन सहयोग गरेकी हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर