प्रेम चौलागाई
राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न आरोह अवरोह पार गरेर ३१ बर्ष पुरा गर्यो । कहिले जित्यो कहिले हार्यो । कहिले सत्तामा कहिले सडकमा । कहिले एकता कहिले विभाजन ! यि सब कुरा अब इतिहास हुन। त्यसको चर्चा गर्नु भन्दा त्यसबाट धेरै कुरा सिक्न जरुरी छ।
अब रह्यो वर्तमान । भविश्यको पार्टी जीवनको यात्रा तय गर्न वर्तमानले सकरामक कार्यनीति को वाटो समाएको छ। किनकी यो एकताको महाधिवेशन हो।
कुनैपनि राजनैतिक दल बन्नलाई त्यो दलको सिद्धान्त ,कार्यनीति ,रणनीति ले पुरै जनभावना को कदर गर्न सक्नु पर्छ। देश र जनताले पार्टीको सिद्धान्तलाई अपनत्व स्वीकार गर्नु पर्दछ। त्यो कुरा राप्रपाको घरातलिय यथार्थले स्वीकार गरेकोले वर्तमान र भविश्य सुनिश्चित गर्न कुनै कठिनाई छैन । यसमा कार्यकर्ताको मात्रै दृढ इच्छाशक्ति को आवश्यकता पर्दछ।
राप्रपा र देशको माटो को नाता आमा र उस्को सन्तानको जस्तो छ । राप्रपा कतै देशलाई दुख्छ कि भनेर फुकि फुकि टेक्ने गर्दछ। जस्तो सर्वधर्म सद्भाव सहितको धार्मिक स्वतन्त्रता भएको हिन्दुराष्ट्र को पुनस्थापना ,राष्ट्रियता जोगाउन र इतिहासको निरन्तरता का लागि राजसंस्था को पुनस्थापना ,संघियता जस्ता अनावश्यक र खर्चालु संरचनाहरु को खारेजी नै पार्टीको वर्तमान र भविश्यको सुनिश्चित र अविचलित यात्रा हो। अनि यो यात्रामा सहभागीतामा भएका र हुन चाहाने को लागि राप्रपा एउटा आन्दोलनको नाम हो।
हुन त यो पार्टीलाई प्रतिगामी पच्छगामी भनेर विरोधीले आरोप लगाउने पनि गरिन्छ त्यो आरोप विदेशीतत्वहरुको निर्देशन मा संचालित देशभित्रका एकथरी अपराधि को काम हो। त्यसको प्रतिवाद मात्र होईन ससक्त रुपमा त्यस्ता तत्ववाट देशलाई जोगाउन नै राप्रपा आवश्यक राजनैतिक यात्रामा होमिएको छ । राप्रपा ले विगतमा गरेका झिना मसिना गल्ती हरुमा अल्मलिएर बस्नु भन्दा भविश्यको सुनिश्चिता आजको आवश्यकता हो ।
राप्रपाको दुस्मन भनेको पद प्रतिको आशन्ति मात्रै हो। वैचारिक समनता भएका छरपष्ट शक्तिहरु मा एकता र भावियात्रा को सुनिश्चिता गरेमा पार्टी फेरी जनताको बीचमा सहजै उठाउन सकिन्छ। आजको चुनौति यति मात्रै हो। राप्रपा ले अरु पार्टीको कमी कमजोरी मात्रै जनतामा लगेर पुग्दैन आफू भित्रका कमी कमजोरीहरु पनि सच्चाउदै अगाडि बढ्नै पर्दछ। राप्रपाको एजेण्डा हरु जनतामा परिचित स्थापित र लोकप्रिय मात्रै होइन राष्ट्रको जीवनको लागि आवश्यकता पनि हो। तसर्थ एउटै विचार भएर पनि छरपष्ट भएका शक्तिहरु बीचको एकता नै पार्टीको भविश्य हो भन्ने तर्फ सबैको ध्यान जान जसरी छ ।
यो अधिवेशनले यसैं तर्फ आफूलाई केन्द्रित गर्न सके पार्टीले आफ्नो लक्ष्य प्राप्त गर्न सक्ने छ । यो अधिवेशन विचारको अधिवेशन हो। विचारले हारेर व्यक्तिले जित्यो भने पार्टी थला पर्छ तसर्थ वैचारिक निखरता पार्टीको जीवन हो। राजनीतिमा महत्वकाक्षी हुनु पर्दछ तर उग्र महत्वकांक्षी हुनु हुदैन । यसले वर्तमान र भविश्य नै समाप्त बनाउँदछ ।
पार्टीले नयाँ जीवन र पुनरजागरण प्राप्त गरोस र सैद्धान्तिक निखरता दिन सकोस भनेर नै महाधिवेशन गरिने हो। तसर्थ नेतृत्व परिवर्तन भन्ने कुरा आन्तरिक प्रतिष्पर्दा भन्दा ठूलो कुरा होईन। यसलाई पनि हामीले आपसी सद्भाव र् विश्वासमा टुङ्ग्याउनु पर्दछ।
विगतका महाधिवेशनबाट प्राप्त विभाजनका तिता मिठा अनुभवहरु ले भविश्यको यात्रा तय गर्न प्रेरणा दिनेछ । राप्रपा वर्तमान पद्धतिको विकल्प मात्र होईन यो सम्बिधानको विकल्प खोज्ने अग्रगामी शक्तिको रूपमा स्थापना गराउन प्राप्तिको भन्दा त्यागको खाँचो छ ।
सल्लाहकार
पानस ,अन्तराष्ट्रिय संजाल (अमेरिका)