पछिल्लो २४ घण्टामा सेती अस्पतालमा मृत्य हुनेको संख्या शून्य,२८ जनाले जिते कोरोना — OSNepal

पछिल्लो २४ घण्टामा सेती अस्पतालमा मृत्य हुनेको संख्या शून्य,२८ जनाले जिते कोरोना

LC (KTM) May 27, 2021 0

काठमाडौं-सेती प्रादेशिक अस्पताल धनगढीमा थप १३४ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालमा ८११ जनाको नमुना परीक्षण गर्दा थप १३४ जनामा कोरोना संक्रमण पुस्टि भएको हो।त्यस्तै ६७७ जनाको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

यसै गरी यस्तै पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या शून्य रहेको छ। हाल अस्पतालमा ४४ जना संक्रमित उपचाररत रहेका छन्। पछिल्लो २४ घण्टामा २८ जना कोरोना निको भई घर फर्केका छन् भने थप ६ जना अस्पताल भर्ना भएका छन्। ।जसमध्ये अस्पतालमा १५ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर