राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचन प्रतिवेदन पेश — OSNepal

राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचन प्रतिवेदन पेश

LC (KTM) May 27, 2021 0

काठमाडौँ, १३ जेठ- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचनको परिणामसमेतको प्रतिवेदन निर्वाचन आयोगले आज पेश गरेको छ । सो कुरा राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम सम्पन्न यही जेठ ६ गते भएको उपनिर्वाचन(वाग्मती प्रदेश)मा डा खिमलाल देवकोटा विजयी हुनुभएको थियो ।

दैलेख अस्पतालमा पुनः प्रसूति सेवा शुरु:- जिल्ला अस्पतालमा तीन महिनादेखि बन्द रहेको शल्यक्रिया मार्फत् प्रदान गरिने प्रसूुति सेवा पुनः शुरुआत भएको छ । चिकित्सकद्वय जगत थापा, जीवन ज्ञवालीले अस्पतालमा सेवा शुरु गर्नुभएपछि जटिल प्रकारका गर्भवतीका लागि अन्यत्र रिफर गर्नुपर्ने अवस्था अन्त्य भएको हो । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख थीरप्रसाद रेग्मीले प्रसूति सेवा पुनः सुचारु भएको जानकारी दिनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर