संसदलाई प्रधानमन्त्री र राष्ट्रपतिले मार्ने व्यवस्था कहिकतै छैन :अधिवक्ता थापा — OSNepal

संसदलाई प्रधानमन्त्री र राष्ट्रपतिले मार्ने व्यवस्था कहिकतै छैन :अधिवक्ता थापा

LC (KTM) May 27, 2021 0

काठमाडौँ १३ जेठ । वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संसद मार्ने व्यवस्था नभएको बताएका छन् । आज सभामुख अग्नि प्रसाद सापकोटासँगको छलफलमा अधिवक्ता थापाले प्रधानमन्त्री र राष्टज्ञपतिले निर्लज्ज खेल खेलेको आरोप लगाउँदै यस्तो प्रतिक्रिया दिएका हुन् ।

संविधान कहिल्यै नपर्ने बताएका थापाले बहुमतको प्रधानमन्त्री दाबी गरेर गइसकेको अवस्थामा नयाँ कागज बनाउने अधिकार राष्ट्रपतिलाई कसले दिएको भनी प्रश्न समेत गरेका छन् । उनले भने, ‘संविधानलाई कसैले मार्न सक्दैन । संसद् प्रधानमन्त्री र राष्ट्रपतिले मार्ने व्यवस्था छैन । किचेनमा बसेर प्रधानमन्त्री र राष्ट्रपतिले हरहिसाब गरेर खेल खेल्नु भएको छ । अदालतमा निर्लज्ज छ’ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर