जनताको हितभन्दा दायाँ-बायाँ गर्ने अधिकार कसैलाई छैन: सभामुख सापकोटा — OSNepal

जनताको हितभन्दा दायाँ-बायाँ गर्ने अधिकार कसैलाई छैन: सभामुख सापकोटा

LC (KTM) May 27, 2021 0

काठमाडौँ १३ जेठ । — सभामुख अग्निप्रसासद सापकोटाले जनताले दिएको निहीत अधिकार र संविधानले दिएको जिम्मेवारीअनुसार आफू अघि बढ्ने बताएका छन् ।

आज बिहिबार संघीय संसद् भवन नयाँ बानेश्वरमा भएको परामर्श बैठकमा सापकोटाले यस्तो प्रतिक्रिया दिएका हुन् । जनताको हितभन्दा दायाँ-बायाँ गर्ने अधिकार कसैलाई नभएको बताएका सापकोटाले भने, ‘आवश्यक पर्दा देश, जनता, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि मैले नेपाली जनताले प्रदान गरेको निहीत अधिकारलाई प्रयोग गर्नुपर्छ’ ।

जनप्रतिनिधिमूलक संस्थाको अवमूल्यन स्वीकार्य नहुने बताएका सापकोटाले भने, ‘संविधानको पालना गर्ने, रक्षा गर्ने कुरा राष्ट्रपतिबाट सुरुवात हुनुपर्छ । त्यसपछि प्रधानमन्त्री, सभामुखबाट हो । तर जसरी गम्भीर हुनुपर्थ्यो त्यति गम्भीर हुन सकेनौं कि भन्ने भएको छ।’बैठकमा सापकोटाले जेठ १५ गते ल्याउने बजेट अध्यादेश मार्फत ल्याइन लागेको प्रति अशन्तुष्टि व्यक्त गरेका छन् । देश र जनताको हित गर्दा संविधान अनुसार संविधानको मर्म र भावनालाई ठीक ढंगले आत्मसाथ गरी काम गर्न गर्न तयार भएको बताएका  छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर