बलिउडका चम्किला नक्षत्र सुशांत सिंह राजपुतकी बहिनीले लेखिन् मनछुने पोष्ट, भाईको याद ताजा गर्न एकान्तबास बस्दै बहिनी श्वेता सिंह कीर्ति — OSNepal

बलिउडका चम्किला नक्षत्र सुशांत सिंह राजपुतकी बहिनीले लेखिन् मनछुने पोष्ट, भाईको याद ताजा गर्न एकान्तबास बस्दै बहिनी श्वेता सिंह कीर्ति

LC (KTM) May 27, 2021 0

बलिउडका उदियमान एक नक्षत्र नायक सुशांत सिंह राजपुतको निधन भएको जुन १४ मा एक बर्ष पुरा हुन्छ । उनको मृ त्यु या ह त्या भन्ने अहिले सम्म सुल्झन सकेको छैन ।

यसै समयका बीच उनको निधन भएको पहिलो बर्खि भन्दा अघि नै उनकी बहिनी श्वेता सिंह कीर्तिले एक मर्मस्पर्शी ट्विट गरेकी छिन् । उनले एक महिनाको लागि पहाडमा रहने र सुशांतसंग बिताएका यादहरुलाई ताजा गर्ने बताएकी छिन् ।

श्वेताले बुद्धपुर्णिमाको अवसरमा ट्विट गर्दै लेखेकी छिन्– म जुनको पुरा महिनाका लागि पहाडमा गएर एकान्तबास बस्न गईरहेको छु । त्यहाँ इन्टरनेट तथा सेल सर्भिस हुदैन । भाईले छोडेर गएपछि एक बर्ष उनको मिठो यादहरुको साथ शान्ति संग बिताउनेछु ।

उनको भौतिक शरिरले हामीलाई एक बर्ष अघि छोडिसकेको छ । तर उ जुन कुराका लागि उभिएको थियो अहिले पनि छ । सबैलाई बुद्ध पुर्णिमाको हार्दिक शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर