काठमाडौं १० मंसिर । नेकपा एमालेको आज अन्तिम पटक केन्द्रिय कमिटिको बैठक बस्ने भएको छ । बैठकमा नवौं महाधिवेशनबाट निर्वाचित नेताहरुको सहभागिता हुने भएको छ ।
बैठक आज साँझ चितवनको सौराहाको होटल सेभेन स्टारमा आयोजना हुने भएको छ । बैठकमा नवौं महाधिवेशन पछाडिका सातवर्षे कार्यकालको समीक्षा, महाधिवेशनको उद्घाटन सत्रको समीक्षा गरिने भएको छ ।
अहिले केही बरेमा नै १० औं महाधिवेशनको उद्घाटन हुने भएको छ । साथै बैठक महाधिवेशनको लागि तयार पारिएको पदाधिकारी संख्यामा पनि हेरफेर हुने बताइएको छ ।