राष्ट्रपति र प्रधानमन्त्रीले मान्छे मारेको भन्दा पनि ठुलो जघन्य अपराध गर्दा संसद् र प्रतिपक्ष मुकदर्शक भयो — OSNepal

राष्ट्रपति र प्रधानमन्त्रीले मान्छे मारेको भन्दा पनि ठुलो जघन्य अपराध गर्दा संसद् र प्रतिपक्ष मुकदर्शक भयो

LC (KTM) May 27, 2021 0

काठमाडौ १३ जेठ । संविधानविद् डा भीमार्जुन आचार्यले पटक पटक संसद विघटन गरेर राष्ट्रपति र प्रधानमन्त्रीले जघन्य अपराध गरेको आरोप लगाएका छन् । सभामुखसँग भएको छलफल मा आचार्यले राष्ट्रपति र प्रधानमन्त्रीले मान्छे मारेको भन्दा पनि ठूलो जघन्य अपराध गरेको आरोप लगाएका हुन् ।

यस्तो अपराध गर्दा पनि संसख् मुकदर्शक भएको भन्र्द किन प्रधानमन्त्री केपी ओलीको तिकडम तोड्न नसकेको भन्दै प्रश्न समेत गरेका छन् । उनले छलफलमा भन,े मान्छे मारेको भन्दा ठूलो अपराध हो यो । प्रधानमन्त्री र राष्ट्रपतिबाट यस्तो जघन्य अपराध हुँदा पनि संसद् मुकदर्शक भयो ।

प्रधानमन्त्रीको तिकडम रोक्न संसद्ले सकेन । के प्रधानमन्त्री एउटै कार्यकालमा सबै धारा अनुसार प्रधानमन्त्री हुन्  भन्दै प्रश्न गरेका आचार्यले भने, विश्वासको मत लिन नसकेको अवस्थामा धारा ५ मा जाने हो । राजीनामा नगरी, पदमुक्त नभई, फेरि प्रधानमन्त्री दाबी गर्नु नियतमाथिको खोट थियो ।’ प्रधानमन्त्रीले रिक्त नभएको पदमा दावी गर्दा पनि प्रतिपक्ष र संसद मुकदर्शक भएर बसेकोमा आचार्यले गुनासो समेत पोखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर