मुलुकभर ६ हजार ९३९ जना नयाँ कोरोना संक्रमित थपिदा ७ हजार २२६ जनाले जित कोरोना — OSNepal

मुलुकभर ६ हजार ९३९ जना नयाँ कोरोना संक्रमित थपिदा ७ हजार २२६ जनाले जित कोरोना

LC (KTM) May 27, 2021 0

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २० हजार ९९२ जनाको पीसीआर–एन्टिजेन परीक्षण ६ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मुलुकभर ६ हजार ९३९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार २२६ संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ७ हजार २२६ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर २० हजार ९९२ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २९ लाख ९८ हजार ६४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय ६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर