कांग्रेसको १४ औँ महाधिवेशनका लागि नेता पौडेलले दिए देउवालाई दुई विकल्प — OSNepal

कांग्रेसको १४ औँ महाधिवेशनका लागि नेता पौडेलले दिए देउवालाई दुई विकल्प

LC (KTM) May 27, 2021 0

काठमाडौँ १३ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनका लागि सभापति शेरबहादुर देउवालाई दुई विकल्प दिएका छन् । आज नेपाल प्रेस युनियनको ३० औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका पौडेलले कोरोना संकट र संसद विघटनले गर्दा पार्टीको भदौमा हुने भनिएको महाधिवेशन संकटमा परेको भन्दै सुझाव दिएका हुन् ।

उनले कार्यक्रममा लागि अहिले टुंगो लागेका क्रियाशील सदस्यबाटै महाधिवेशन गर्ने यात १३ औं महाधिवेशनका क्रियाशील सदस्यबाट एक वर्षका लागि केन्द्रीय सदस्य निर्वाचित गर्ने महाधिवेशन गर्न सुझाव दिएका हुन् । समयमा नै महाधिवेशन नभएको भन्दै पटक पटक आक्रोश पोख्दै आएका पौडेलले सभापति देउवा बिच भने यही विषयलाई लिएर विवाद परिरहेको छ ।

पौडेलले भने, ‘क्रियाशील सदस्यता सबैतिरबाट कम्प्लिट गरेर १४ औं महाधिवेशन गर्न सम्भव छैन । जति उपलब्ध छन्, तिनीहरुबाटै वडा गाउँपालिका, क्षेत्रबाट प्रतिनिधि छनोट गरौं ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर