काठमाडौं ९ मंसिर । राष्ट्रिय सभाकी सदस्य कोमल वलीले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने बताएकी छन् ।
भोली शुक्रबार चितवनमा हुने महाधिवेशनमा सहभागी हुन पुगेकी वलीदाङ क्षेत्र नम्बर ३ बाट केन्द्रीय प्रतिनिधि चयन भएकी हुन् ।
उनले आफु महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिन लागेको जानकारी दिएकी हुन् ।
यस पटक पनि नेतृत्वमा केपी शर्मा ओलीले नै हुनुपर्छ भन्ने धारणा राखेकी उनले ओलीकै नेतृत्व सर्वस्वीकार्य भएको बताएकी छन् ।