मन्त्रिपरिषद्ले मात्रै संसद् बोलाउनुपर्छ भन्‍ने छैन,सभामुखले यो काम गर्न सक्नुहुन्छ : वरिष्ठ अधिवक्ता भट्टराई — OSNepal

मन्त्रिपरिषद्ले मात्रै संसद् बोलाउनुपर्छ भन्‍ने छैन,सभामुखले यो काम गर्न सक्नुहुन्छ : वरिष्ठ अधिवक्ता भट्टराई

LC (KTM) May 27, 2021 0

काठमाडौँ १३ जेठ । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सभामुख अग्निप्रसाद सापकोटालाई संसद बैठक बोलाउन आग्रह गरेका छन् । सभामुखहरुको छलफल मा संवधानविद समेत रहेका भट्टराईले तत्कालै सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद बैठक बोलाउन सिफारिस गर्न आग्रह गरेका हुन् ।

‘सभामुखले राष्ट्रपतिलाई संसद बैठक आह्वानका लागि सिफारिस गर्नुपर्छ । मन्त्रिपरिषद्ले मात्रै संसद् बोलाउनुपर्छ भन्‍ने छैन । सभामुखले यो काम गर्न सक्नुहुन्छ ’भट्टराईले भने । कसैको सनकको भरमाम संसद विघटन गर्न नसकिने बताएका भट्टराईले संसदलाई राष्ट्रपति प्रधानमन्त्री सभामुख कसैले पनि मार्न नसक्ने हुँदा संविधानका धाराहरु सधैँ क्रियात्मक हुनुपर्नेमा जोड दिएका छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर