काठमाडौं ९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति उम्मेदवारी दिने घोषणा गरेका नेता विमलेन्द्र निधिले आगामी निवार्चनमा कांग्रेसले बहुमतको सरकार बनाउन पनि आफुलाई सभापति बनाउन आफूलाई जिताउन आग्रह गरेका छन् ।
कांग्रेसले मात्रै संविधानको स्मामित्व गर्न सक्ने बताएका उनले नेपाली कांग्रेसमा रुपान्तरण, पुस्तान्तरण र पुस्ता हस्तान्तरण प्रकृयालाई सहजीकरण गर्ने बताएका छन् ।
विशेषगरी युवाहरूलाई आत्मसम्मानका साथ पार्टीमा सक्रिय हुने र रहने वातावरण विकास गर्ने समेत बताएका छन् ।