रामेछापमा सेनाको हेलिकप्टर आकस्मिक अवतरण — OSNepal

रामेछापमा सेनाको हेलिकप्टर आकस्मिक अवतरण

LC (KTM) May 27, 2021 0

रामेछाप -सेनाको हेलिकप्टर रामेछापमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट संखुवासभाको तुम्लिङटारका लागि उडान गर्दै गरेको नेपाली सेनाको एमआई–१७ हेलिकप्टर बिहीबार अपरान्ह रामेछापमा आकम्मिक अवतरण गरिएको हो । प्राविधिक समस्या देखिएपछि चालक दलले हेलिकप्टरलाई आकस्मिक अबतरण गरेको बताइएको छ । अहिले मर्मतको प्रयासमा सेनाका प्राविधिकहरु जुटेका छन् ।

यो पनि पढ्नुहोस – अब एक साथ फिल्ममा देखिँदै दीपिका, रणवीर र आलिया :बलिउडका ३ चर्चित कलाकार दीपिका, रणवीर र आलिया अब एक साथ एक फिल्ममा देखिने भएका छन् । भारतिय मिडियाका अनुसार उनीहरु निर्देशक सञ्जय लीला भन्सालीको नयाँ फिल्ममा एक साथ देखिन लागेका हुन् । अभिनेता रणवीर कपूर र अभिनेत्री दीपिका पादुकोण एक साथ लामो समय पछि भन्सालीको फिल्ममा देखिन लागेका हुन् । सञ्जयले बनाउने फिल्म ‘बैजू बावरा’मा दीपिकाले डाकु रुपमती’को भूमिका निभाउने चर्चा चलिरहेको छ ।

यो चर्चा सँगै उनले रणवीर र आलियालाई फिल्ममा ल्याउने बताइएको छ । आलिया र रणवीर भने अब फिल्म ‘ब्रह्मास्त्र’मा देखिदैछन् । कोरोनाका कारण अहिले बलिउड फिल्मका कामहरु प्रभावित भएका बेला फिल्म कहिले सुटिगं हुन्छ त्यो भने जानकारीमा आइनसकेको बताइएको छ । एक समय रणवीर र दीपिका प्रेममा रहेका थिए । अहिले भने रणवीर अभिनेत्री आलिया भट्टको प्रेममा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर