काठमाडौं ९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आगामी महाधिवेशनमा नेता राजेन्द्रप्रसाद लिङ्देन अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफु आगामी पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । प्रतिनिधिसभामा एक मात्र सदस्य रहेका लिङदेनलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर वलशमशेर राणाको साथ रहेको छ ।
प्यानल नै बनाएर महाधिवेशनमा जाने तयारीमा लागेका लिङदेन राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) का संस्थापक अध्यक्ष पनि हुन।