अब एक साथ फिल्ममा देखिँदै दीपिका, रणवीर र आलिया — OSNepal

अब एक साथ फिल्ममा देखिँदै दीपिका, रणवीर र आलिया

LC (KTM) May 27, 2021 0

काठमाडौं -बलिउडका ३ चर्चित कलाकार दीपिका, रणवीर र आलिया अब एक साथ एक फिल्ममा देखिने भएका छन् । भारतिय मिडियाका अनुसार उनीहरु निर्देशक सञ्जय लीला भन्सालीको नयाँ फिल्ममा एक साथ देखिन लागेका हुन् । अभिनेता रणवीर कपूर र अभिनेत्री दीपिका पादुकोण एक साथ लामो समय पछि भन्सालीको फिल्ममा देखिन लागेका हुन् ।

सञ्जयले बनाउने फिल्म ‘बैजू बावरा’मा दीपिकाले डाकु रुपमती’को भूमिका निभाउने चर्चा चलिरहेको छ । यो चर्चा सँगै उनले रणवीर र आलियालाई फिल्ममा ल्याउने बताइएको छ । आलिया र रणवीर भने अब फिल्म ‘ब्रह्मास्त्र’मा देखिदैछन् ।

कोरोनाका कारण अहिले बलिउड फिल्मका कामहरु प्रभावित भएका बेला फिल्म कहिले सुटिगं हुन्छ त्यो भने जानकारीमा आइनसकेको बताइएको छ । एक समय रणवीर र दीपिका प्रेममा रहेका थिए । अहिले भने रणवीर अभिनेत्री आलिया भट्टको प्रेममा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर