कांग्रेसको काँधमा एकैपटक तिन वटा लडाई पर्यो : पौडेल — OSNepal

कांग्रेसको काँधमा एकैपटक तिन वटा लडाई पर्यो : पौडेल

LC (KTM) May 27, 2021 0

काठमाडौं जेठ १३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांंग्रेसको काधमा एकैचोटी तिन वटा लडाई परेको बताएका छन् । आज नेपाल प्रेस युनियनको ३१ औँ वार्षिक कार्यक्रमा सहभागी भएका पोडेलले कांग्रेसले अहिले एक साथ तिन वटा लडाई लड्नु परको बताएका हुन् । ‘पहिलो दायित्व कोरोनाबाट जनता बचाउनु हो, दोस्रो संविधान बचाउने जिम्मा पनि कांग्रेसको काँधमा छ । महाधिवेशन हुन नसकेर पार्टी संकटमा परेको छ, पार्टी बचाउनु तेस्रो महत्वपूर्ण जिम्मेवारी हो ।’ पौडेलले भने ।

समयमै महाधिवेशन नगरे पार्टी नै संकटमा पर्ने बताएका पौडेलले अब एक वर्षका लागि नयाँ समिति निर्वाचित गरेर भए पनि पार्टी जोगाउनुपर्ने सुझाएका छन् ।देशलाई विकल्प चाहिएकोले मात्र कांग्रेसले सरकारको दावी गर्नु परेको बताएका छन् ।’लोकतान्त्रीक अभ्यास हो भनेर चुनावी घोषणा गर्ने तर महामारीलाई कारण देखाएर चुनाव सार्ने अवस्थामा सरकार पुग्छ, त्यो अवस्थाबाट पार पाउनका लागि हामी सर्वोच्च गएका हौ’ पौडेलले भने  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर