यि हुन् प्रेम नफापेका बलिउडका चर्चित प्रेम जोडिहरु, जुन प्रेम सम्बन्धका कारण निकै चर्चामा आए — OSNepal

यि हुन् प्रेम नफापेका बलिउडका चर्चित प्रेम जोडिहरु, जुन प्रेम सम्बन्धका कारण निकै चर्चामा आए

LC (KTM) May 27, 2021 0

बलिउड स्टारहरू फिल्म मात्र होइन, प्रेम सम्बन्धका कारण पनि चर्चामा आउने गर्दछन् । उनीहरूको प्रेम सुरुवातदेखि ब्रेकअप, बिहेसम्मले मिडियामा निकै स्थान पाउने गर्दछ । बलिउडमा केही यस्ता कलाकार छन्, जसको प्रेम विवाहमा परिणत हुन सकेन । लामो समय प्रेममा रहेर अन्ततः छट्टिएका केही स्टारको प्रेमकहानी यस्तो छ

सलमान र ऐश्वर्या – कुनै समय बलिउडमा सबैभन्दा हिट जोडीमा सलमान खान र ऐश्वर्या रायलाई लिइन्थ्यो । अहिले पनि सलमान र ऐश्वर्या एकै ठाउँ देखिँदा अनेक समाचार बन्ने गर्दछन् । दुवैको बीचमा प्रेम यति गहिरो थियो कि उनीहरूको विवाह हुने चर्चासमेत चलेको थियो ।तर, विवेक ओबराय र ऐश्वर्याको निकटताका कारण सलमान टाढिए र ऐश्वर्यासँगको सम्बन्ध टुंग्याए । ऐश्वर्याले अभिनेता अभिषेक बच्चनसँग बिहे गरिन् । ऐश्वर्याकी एउटी छोरी आराध्या छिन् । तर, सलमान भने अहिलेसम्म अविवाहित नै छन् । पछिल्लो समय सलमान क्याट्रिना कैफसँग निकट छन् ।

जोन र बिपासा – जोन अब्राहम र बिपासा बसुको प्रेम सम्बन्ध पनि बलिउडको चर्चित प्रेम सम्बन्धमध्ये एक हो । एक समय त दुवैले विवाह गर्न लागेको खबरसमेत आएको थियो । उनीहरू लगभग नौ वर्षसम्म प्रेम सम्बन्धमा रहे । नौ वर्ष लिभ इन रिलेसनसिपमा रहेपछि अन्ततः उनीहरूबीच ब्रेकअप भयो । बिपासाको फिल्मी करिअर ओरालो लागेको देखेर जोनले उनलाई छोडेको चर्चासमेत चल्ने गरेको छ । जोनसँग ब्रेकअप भएपछि बिपासा टिभी तथा फिल्म अभिनेता करणसिंह ग्रोबरसँग नजिक भइन् । केही समयको प्रेमपछि उनीहरूले बिहे गरे । जोनले पनि प्रेमिका प्रियंकालाई जीवनसंगिनी बनाए । बलिउडमा जोन र बिपासाको फिल्मी करिअरले भने उचाइ लिन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर