काठमाडौं ८ मंसिर । जनता समाजवादी पार्टी जसपा नेपालले थप कार्यकारीणी सदस्य विस्तार गरेको छ ।
हाल ३५ सदस्यीय रहेकोमा १८ जना थपेर त्यसलाई विस्तार गरेर ५३ सदस्यीय बनाउन लागिएको हो ।
मंसिर ५ गते चलिरहेको कार्यकारीणी समितिको बैठकले कार्यकारीणी सदस्य विस्तार गर्ने विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेता जानकारी दिएका छन् ।
थपिने १८ जनामा १३ जना महिला राख्नुपर्ने पनि भएको छ ।