राष्ट्रपति र प्रधानमन्त्रीले संविधान र लोकतन्त्रलाई सिद्धयाउ तिर लागे :देउवा — OSNepal

राष्ट्रपति र प्रधानमन्त्रीले संविधान र लोकतन्त्रलाई सिद्धयाउ तिर लागे :देउवा

LC (KTM) May 27, 2021 0

काठमाडौं जेठ १३ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाएका छन् । आज बिहिबार नेपाल प्रेस युनियनको ३१ औं वार्षिक कार्यक्रमा भर्चुअल माध्यमबाट सहभागी भएका सभापति देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

असंवैधानिक रुपमा गरिएको संसद विघटनलाई सम्मानित सर्वोच्च अदालतले बचाउने विश्वास रहेको देउवाले बताएका छन् ।कार्यक्रमा देउवाले भने , राष्ट्रपतिको आह्वानपछि प्रधानमन्त्रीमा दुबै पक्षको दाबी परेपनि पछि छलफलका लागि बोलाउनुपर्छ , तर ‘प्रधानमन्त्रीले भन्दैमा यो राष्ट्रपतिले मान्ने विषय होइन ।’संविधानको ठाडो उल्‍लंघन गरेका राष्ट्रपति र प्रधानमन्त्रीले संविधान र लोकतन्त्रलाई सिद्धयाउने बाटोतिर लागेको पनि बताएका छन् ।

कार्यक्रममा देउवाले संविधानको धारा ७६ को उपधारा ५ अनुसार आफूहरू बहुमत सांसदको हस्ताक्षर लिएर प्रधानमन्त्रीको दावी गर्न राष्ट्रपति कार्यालय गएपनि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त लागि आधार नपुगेको भन्दै ओलीको सहमतिमा संसद विघटन गरेको बताए । आज संसद विघटन विरुरु १९ वटा रिटको सुनुवाई सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर