सभापति देउवाद्वारा मल्लको निधनप्रति दुःख व्यक्त — OSNepal

सभापति देउवाद्वारा मल्लको निधनप्रति दुःख व्यक्त

LC (KTM) May 27, 2021 0

काठमाडौँ, १३ जेठ -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँको काठमाडौँस्थित निदान अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत पार्टीका नेता, पूर्व प्रदेश प्रमुख, समाजसेवी, असल, वौद्धिक एवं शालिन व्यक्तित्वका धनी मल्लको असामयिक निधनको खबरले दुःखी बनाएको उल्लेख गर्नुभएको छ ।देउवाले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्ना तर्फबाट समवेदना प्रकट गर्नुभएको छ । कैलाली निवासी मल्ल कांग्रेसका महासमिति सदस्य हुनुहुन्थ्यो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर