हसियाँ प्रहार गरी २० वर्षीय छोराको ज्यान लिए बुवाले — OSNepal

हसियाँ प्रहार गरी २० वर्षीय छोराको ज्यान लिए बुवाले

LC (KTM) May 27, 2021 0

बाँके, १३ जेठ-कोहलपुर नगरपालिका(१२ चप्परगौडी बस्ने २० वर्षीय पोषण वलीको धारिलो हतियार हसियाँ प्रहारबाट बुधबार राति मृ त्यु भएको छ । घरायसी बादविवादको कारण उनकै बुबा ५० वर्षीय ठाकुर प्रसाद वलीले हसियाँ प्रहार गर्दा पोषण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि भेरी अस्पताल नेपालगंज पठाएकोमा उपचारको क्रममा उनको  मृत्यु भएको हो । अभियुक्त ठाकुर प्रसादलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस- लामो समयपछि मुस्ताङमा देखिए जंगली गधाको बथान : मुस्ताङको लोमन्थाङ गाउँपालिकामा पर्ने सम्जुङ धलुङबस्तीमाथि लामो समयपछि जंगली गधा ९कियाङ० को बथान देखिएको छ । डोल्पा र चीनको सीमावर्ती पठारमा २०र२५ वटाको संख्यामा आएका जंगली गधा जेठ पहिलो सातादेखि नै देखिएका हुन् । नेपालमा पनि पाइने २१ वर्षअघि एक्यापको टोलीले पत्ता लगाएको थियो ।
उच्च हिमाली पठारमा पाइने यो जन्तु दुर्लभ वन्यजन्तुमा सूचीकृत छ । जंगली गधा मुस्ताङको कोरोला पासदेखि खुर्खाङ, साम्जुङ, दामोदरकुण्ड क्षेत्रमा देखिने गर्छन् । यो घरपालुवा गधाभन्दा केही कदमा ठूलो र हल्का खैरो जंगली गधा खच्चडजस्तो देखिन्छ । यी तिब्बतबाट चरनको खोजीमा नेपालतर्फ आउने गर्छन् । जंगली गधा नेपालमा पहिलोपटक सन् २००१ जुनमा दामोदरकुण्ड क्षेत्रमा पत्ता लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर