लामो समयपछि मुस्ताङमा देखिए जंगली गधाको बथान — OSNepal

लामो समयपछि मुस्ताङमा देखिए जंगली गधाको बथान

LC (KTM) May 27, 2021 0

काठमाडौं-मुस्ताङको लोमन्थाङ गाउँपालिकामा पर्ने सम्जुङ धलुङबस्तीमाथि लामो समयपछि जंगली गधा ९कियाङ० को बथान देखिएको छ । डोल्पा र चीनको सीमावर्ती पठारमा २०र२५ वटाको संख्यामा आएका जंगली गधा जेठ पहिलो सातादेखि नै देखिएका हुन् । नेपालमा पनि पाइने २१ वर्षअघि एक्यापको टोलीले पत्ता लगाएको थियो । उच्च हिमाली पठारमा पाइने यो जन्तु दुर्लभ वन्यजन्तुमा सूचीकृत छ ।

जंगली गधा मुस्ताङको कोरोला पासदेखि खुर्खाङ, साम्जुङ, दामोदरकुण्ड क्षेत्रमा देखिने गर्छन् । यो घरपालुवा गधाभन्दा केही कदमा ठूलो र हल्का खैरो जंगली गधा खच्चडजस्तो देखिन्छ । यी तिब्बतबाट चरनको खोजीमा नेपालतर्फ आउने गर्छन् । जंगली गधा नेपालमा पहिलोपटक सन् २००१ जुनमा दामोदरकुण्ड क्षेत्रमा पत्ता लागेको थियो ।
तस्बिर : टाशी आर घले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर