काठमाडौं ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई चुनौती दिन पाइने बताएका छन् ।
पार्टीको १० औं महाधिवेशनमा पनि आफु नै सर्वसम्मत अध्यक्ष हुने भन्दै आएका ओलीले अध्यक्षमा नेता रावल उठेपछि उनलाई चुनौती दिने पाइने बताएका हुन् ।
मंगलबार आयोजित सम्पादकहरुसँगको अन्तर्क्रियामा अध्यक्ष ओलीले चुनौतीलाई स्वागत गर्ने बताएका हुन् ।
‘मैले उठ्ने टुंगो गरेको छैन । उठ्ने टुंगो गरेँ भने निर्विरोध छोड्न पनि पाइन्छ, चुनौती दिन पनि पाइन्छ । चुनौतीलाई स्वागत गर्छु ’ अोलीले भने ।
नेता रावललाई आफूप्रति सम्मान देखाएको र थकाइ लागेको भए म उठ्छु मात्र भनेको बताएका छन् ।