ओली निकट बस्नेतको भीम रावललाई आग्रह : अध्यक्षको उम्मेदवारी फिर्ता लिनुहोस् — OSNepal

ओली निकट बस्नेतको भीम रावललाई आग्रह : अध्यक्षको उम्मेदवारी फिर्ता लिनुहोस्

LC (KTM) November 23, 2021 0

काठमाडौं ७ मंसिर । नेकपा एमालेका नेता महेश बस्नेतले उपाध्यक्ष डा .भीम रावललाई अध्यक्षमा दिन लागेको उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

आज मंगलबार आयोजित एक कार्यक्रममा नेता बस्नेतले नेता रावललाई यस्तो आग्रह गरेका हुन् । नेता रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष केपी ओलीका साथ अध्यक्षमा उम्मेदवारी दिन घोषणा गरेका छन् ।

नेता बस्नेतले रावललाई उम्मेदवारी फिर्ता लिएर आफ्नो महत्वपूर्ण भूमिकालाई निरन्तरता दिन समेत आग्रह गरेका छन् । बस्नेत ओली निकट मान्छिन् ।

कार्यक्रममा उनले आफु १० औं महाधिवेशनमा सचिवको दाबेदार समेत रहेको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर