जेठ १५ गते बालुवाटारबाटै आर्थिक वर्ष २०७८/०७९ को आर्थिक बजेट सार्वजनिक गरिने — OSNepal

जेठ १५ गते बालुवाटारबाटै आर्थिक वर्ष २०७८/०७९ को आर्थिक बजेट सार्वजनिक गरिने

LC (KTM) May 27, 2021 0

काठमाडौँ १३ जेठ । अगामी आर्थिक वर्ष २०७८ ०७९ को आर्थिक बजेट जेठ १५ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट घोषणा हुने भएको छ । सरकारले अध्यादेश मार्फत बजेट घोषण गर्न लागेको हो । त्यसको लागि भोली शुक्रबार जेठ १४ गते आर्थिक सर्वेक्षण सार्वजनिक हुने भएको छ ।

अर्थ मन्त्रालयले दिएको जानकारी अनुसार भोली जुम मिटिङ मार्फत आर्थिक सर्वेक्षण सार्वजनिक गर्न लागिएको हो । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी चुनावको मिति घोषणा गरेकाले यस वर्षको बजेट अध्यादेश मार्फत ल्याउन लागिएको हो ।

बजेटको १५ दिन अघि नै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि यसपटक नीति तथा कार्यक्रम विनै शनिबार अर्थमन्त्री विष्णु पौडेलले यस वर्षको बजेट सार्वजनिक गर्ने भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर