नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पनि जिते कोरोना — OSNepal

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पनि जिते कोरोना

LC (KTM) May 10, 2021 0

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पनि कोरोना जितेका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत् स्वास्थ्य अवस्थामा सुधार आएको र केही समयको आरामपछि अस्पतालबाट डिस्चार्ज हुने बताएका छन् ।उनले समाजिक संजाल फेसबुकमा लेखेका छन् । “करिब एक हप्ता अघि कोभिड–१९ को लक्षण देखा परे पश्चात म नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा भर्ना भएको थिएँ ।

डाक्टरहरूको निरन्तरको रेखदेख र उपयुक्त उपचारको कारण आज गरिएको कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएको छ । अहिले मेरो स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको र केहि समयको आराम पछि म अस्पतालबाट डिस्चार्ज भई सक्रिय रुपमा कामकाजमा फर्कनेछु,“ । उनको आइतबार गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।उनले आफ्नो उपचारमा खटिने स्वास्थ्यकर्मी र शुभचिन्तकहरु आभार पनि प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर