संसद विघटनले तनावमा सभामुख सापकोटा,आज संविधानविद्सँग परामर्श गर्दै — OSNepal

संसद विघटनले तनावमा सभामुख सापकोटा,आज संविधानविद्सँग परामर्श गर्दै

LC (KTM) May 27, 2021 0

काठमाडौँ १३ जेठ । सभामुख अग्निप्रसाद सापकोटाको आज संविधानविद्सँग परामर्श गर्ने कार्यक्रम रहेको छ । संसद विघटनको विषयमा छलफल गर्न आज दिउँसो १ बजे बानेश्वरस्थित संसद भवनमा सभामुखले संविधानविद्हरूलाई बोलाएको सचिवालयले जनाएको छ। सापकोटाको सचिवालयले दिएको जानकारी अनुसार परामर्श कार्यक्रममा वरिष्ठ अधिवक्ताहरू, संविधानविद्, कानुनविद्लाई बोलाइएको छ ।

यसअघि पनि सभामुख सापकोटाले संसद विघटनको विषयमा पुर्व सभामुखहरुसँग परामर्श लिएका थिए । जसमा संसद विघटन गर्नु पुर्ण रुपमा असंवैधानिक भएको निष्कर्ष निकालिएको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले गएको हप्ता संसद विघटन गरेर चुनावको मिति घोषणा गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर