मुलुक यतिबेला कोरोना म हामारीसँग लडि रहेको छ । दिनहुँ संक्र मणको ग्राफ उकालो लाग्दो छ । यसबाट मृ त्यु हुनेको संख्या दिनमै २ सय नाघ्न थालेको छ । अस्पतालमा कोरोनाका बिरामीले अक्सिजन पाउन सकेका छैनन् । अक्सिजनको अभावमा कयौं बिरामीले ज्यान गुमाएका छन् । यस्तो विपत्तिको समयमा जनताको सहारा बन्नु पर्ने राजनीति खिचातानीको भूमरीमा फसेको छ ।
अभिनेत्री नीता ढुंगानाले संसार कोरोना वि रुद्ध लडि रहँदा नेपालमा कुर्सीका लागि ल डाईं भएको देख्दा आफू किन नेपालमा जन्मिएको होला भन्ने महशुस हुन थालेको बताएकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ । मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ ।’
उनले संसार कोरोनाविरुद्ध लडि रहँदा आफ्नो देशले आफूलाई झन् लात हानेको आभास भएको बताएकी छन् । यो कठिन अवस्थामा जनताको लागि गर्नुपर्ने लडाईं कुर्सीका लागि भएकोमा नीताले चि न्ता व्यक्त गरेकी छन् । उनले अभिनेता तथा ज्योतिष हरिहर अधिकारीका पिता रामबहादुर अधिकारीको समयमा अस्पतालमा उपचार नभएर नि धन भएको समेत खुलासा गरेकी छन् ।
अभिनेत्री ढुंगानाले हरिहरका पितासँगको एक तस्विर पोस्ट गर्दै आफूले नजिकको अग्रज गुमा एकोमा दुख व्यक्त गर्दै लेखेकी छिन्, ‘समयमा नै आइसियुको व्यवस्थापन भएर अक्सिजन पाएको भए कसैले पनि अल्पायुमा ज्या न गुमाउनु पर्दैन थियो होला ।’ हरिहरका पिताको सोमवार उपचारको क्रममा नि धन भएको हो । उनी २० दिनदेखि कोरोनालाई परास्त गर्न लडि रहेका थिए । भिडियो