आधा भरी आधा खाली गिलास भएको संविधानलाई पूरै भर्न हिॅडेका हामी पूरै खाली गर्ने शक्तिका मतियार बन्न सक्दौनौँ : भट्टराई — OSNepal

आधा भरी आधा खाली गिलास भएको संविधानलाई पूरै भर्न हिॅडेका हामी पूरै खाली गर्ने शक्तिका मतियार बन्न सक्दौनौँ : भट्टराई

LC (KTM) May 27, 2021 0

काठमाडौं १२ जेठ । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आधा भरी आधा खाली गिलास भएको संविधान लाई पूरै भर्न हिॅडेका हामी पूरै खाली गर्ने शक्तिका मतियार बन्न नसक्ने बताएका छन् । नेता भट्टराईले सामाजिक सञ्जाल मार्फत आफ्ना पार्टीका नेताहरुलाई यस्तो सुझाव दिएका हुन् ।

हाम्रो पार्टी हिमालरपहाडरमधेस जोड्ने वैकल्पिक शक्ति हो ,कसैका दास नभएको नेता भट्टराईको तर्क रहेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी ओलीको पक्षमा छन् , भने अर्का अध्यक्ष उपेन्द्र महतो विपक्षीदलहरुसँग छन् । जसको कारण पार्टी फुटको संघारमा पुगेको छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेको छन्-“जसपाका नेता साथीहरूको स्मरणार्थस्! ।यो संविधान आधा भरी आधा खाली गिलास भन्दै पूरै भर्न हिॅडेका हामी पूरै खाली गर्ने शक्तिका मतियार बन्नसक्दैनौंस२।जसपा हिमालरपहाडरमधेस जोड्ने वैकल्पिक शक्ति हो कुनै एक क्षेत्ररजातिमा सीमित पुरानैको डुप्लिकेट हैनस३।हामी सबैका मित्र हौं कसैका दास हैनौं!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर